काठमाडौं – मानव शरीरको अन्य अंगजस्तै  मुख पनि शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन ।


ADVERTISEMENT


मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ ।


ADVERTISEMENT

# # #


मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो । मुखको सफाइका लागि र दुर्गन्ध हटाउनका लागि ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् ।

१)धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

२)धेरै तातो र धेरै चिसो नखाने ।

३)मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

४)हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।

५)मुखमा खानेकुरा राखेर नसुत्ने ।

६)बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

७)बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

८)रेसा भएको र पोसिलो खानेकुरा खाने ।

९)पानी प्रशस्त पिउने ।

१०)वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

११)नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

१२)फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।

१३) हरेक ५ महिनामा दाँत जँचाउने ।