काठमाण्डौं-जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि बम भेटिएको छ । आज बिहान कार्यलय अगाडि बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खवर गरिएको थियो अहिले सेनाको टोलीले बम निष्कृय पार्दैछ । नुवाकोटको ढिकुरेमा आज बाम गठबन्धन र कांग्रेसको चुनावी सभा राखिएको थियो । बम राखेको पाइएपछि सभा स्थगित गरिएको छ भने अहिले विदुरको मुख्य सडक अवरुद्ध बनेको छ ।


ADVERTISEMENT


यसैवीच जिल्ला प्रशासन कार्यलय नुवाकोटले लिखु गाउँपालिका वडा नं १ ढिकुरे बजारमा मंसिर सात गते विहान ६ बजेदेखि बेलुका नौ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । सो क्षेत्रमा कुनै पनि सभा जुलुस गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । बजारको पुर्वमा चौघडा,पश्चिममा बराहफेदी डाँडा, उत्तरमा माझापानी र दक्षिणमा चौखडासम्म निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ ।


ADVERTISEMENT

# # #


 

  • सिम्लेको सकेट बम निष्कृय
    यसैवीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सिम्लेमा सकेट बम फेला परेको छ । बिहीबार बिहान करिब २ बजेतिर फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको बाग्मती अञ्चलका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए । एसएसपी सिंहका अनुसार राजमार्गको अवस्था अहिले सामन्य भैसकेको छ । सवारी साधन सुरुचारु भैसकेको उनले बताए । आजको रातोपार्टीबाट