बुटवल – बाँकेको राप्ती सोनारी गाउँपालिका(६ फत्तेपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । राप्ती सोनार ६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई शनिबार बिहान बाघले आक्रमण गरी मारेको हो ।


ADVERTISEMENT


केही समयअघि पनि वडा नम्बर ६ कै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो । बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तर्गत पर्ने सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्ती सोनारी ६ का स्थानीय बासिन्दा प्रदिप पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार बाघले चलाउनेलाई करिब ५ सय मिटर जंगल भित्र लगेको थियो । गाउँबाट ठूलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको थियो । सामुदायिक वन समुहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो ।

दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५-३० जनाको संख्यामा शनिबार बिहाान जंगलमा गएका थिए । बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फत्तेपुरमा बाघले फेरि मान्छे मारेको पुष्टि गरेको छ ।