राष्ट्रिय जनता पार्टी नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


जलेश्वरमा एक समारोहका बीच १५ बुँदे प्रतिबद्दताका साथ घोषणापत्र सार्वजनिक गरेको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फी विकास हुनुपर्नेमा राजपाले जोड दिएको छ ।


ADVERTISEMENT

# # #


घोषणापत्रमा बाढीपहिरोको स्थायी समाधान/हुलाकीमार्ग, थप सडक सञ्जाल, रेल सेवाको विस्तार /लुम्बिनी अन्तर्राष्ट्रिय बुद्दिष्ट केन्द्र, युवामैत्री, महिलामैत्री, किसानमैत्री कार्यक्रम, तराईका हरेक क्षेत्रलाई विशेष क्षेत्र बनाउने प्रतिबद्दताका साथ राजपाले आज १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

मधेश, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा शहादत प्राप्त गरेका र घाइते भएकाहरुको सपना पुरा गर्न पनि राजपा नेपाललाई जनताले मतदान गर्नुपर्ने उसको ठहर छ ।

राजपाले बहुराष्ट्रको एजेन्डालाई घोषणपत्र राखेको छ । घोषणापत्रमा नेपाल विभिन्न राष्ट्र मिलेर बनेको राज्य भएकोले यसलाई बहुराष्ट्र भन्नु पर्ने उल्लेख गरिएको स्रोतले बतायो ।

घोषणापत्रमा बहुराष्ट्र राख्ने विषयमा केही नेताहरूले असहमति जनाए पनि अध्यक्ष मण्डलका ठाकुरले सो विषयमा अडान लिएको एक नेताले बताए ।