काठमाडौं – सरकारले गृह मन्त्रलयका सहसचिव मुकुन्द निरौलालाई सचिव पदमा बढुवा गरेको छ ।


ADVERTISEMENT


गत माघ २५ गते लोकसेवा आयोगको सचिव बढुवा सिफारिसमा परेका निरौलालाई आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिव पदमा नियुक्त गरेको हो । निरौलाको कार्यकाल पूरै अवधिको हुनेछ ।


ADVERTISEMENT

# # #


आयोगको बढुवा समितिले सहसचिवहरु निरौलसहित, विनोदप्रकाश सिंह र गोपीकृष्ण खनाललाई सिफारिस गरेको थियो । अर्थ सचिव शिशिरकुमार ढुंगाना गत माघ १९ गते निवृत्त भएपछि आयोगले रिक्त एक पदका लागि तीनजाको सिफारिस गरेको थियो ।

बढुवा समितिमा लोकसेवा आयोगका अध्यक्ष, लोक सेवा आयोगका सदस्य, मुख्य सचिव, सामान्य प्रशासनका सचिव र एकजना विज्ञ सदस्य हुन्छन् ।