काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसदमा टेबुल भएकमो एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT


उनले मंगलवार राति एक ट्वीट गर्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने समेत  औँल्याएका छन् । उनले भनेका छन्, कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपयर्यो । अब अर्को बाटो छैन ।’

यस्तो छ पूर्व प्रधानमन्त्री भट्टराईको ट्वीट:

‘MCCको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो।सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ। कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाॅ समीकरण बन्नुपर्यो!अर्को बाटो छैन !’