गाईघाट – त्रियुगा नगरपालिकाको जलजलेमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट कारखाना प्रदूषणमुक्त भएको छ । उद्योग प्रशासनका अनुसार उद्योगमा पहिलो पटक भारतबाट करिब तीन करोडको लागतमा खरिद गरिएको प्रदूषण नियन्त्रण गर्ने मेसिन जडान गरिएको छ ।


ADVERTISEMENT


अब सिमेन्ट उद्योग प्रदूषण मसक्त भएको हो । दुई हप्ता अघि उद्योग नै बन्द गरेर भारतीय इन्जिजियर र उद्योगका प्राविधिक सहितको टोलीले प्रदूषण नियन्त्रण गर्ने मेसिन जडान कार्य सम्पन्न गरेको उद्योगका सहायक प्रबन्धक नवल किशोर शाहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अब उद्योगबाट सिमेन्ट उत्पादन भएपछि विगतको जस्तो सिमेन्ट उत्पादन गर्दा निस्किने प्रदूषण कार्य ९९.५ प्रतिशत नियन्त्रण हुने उनको दाबी छ । शुक्रबारदेखि उद्योग पुन सञ्चालन हुने उद्योग प्रशासनले जनाएको छ ।