काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीका बारेमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय बबरमहलमा बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीका बिषयमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले अध्यक्ष ठाकुरको निर्णयलाई लोसपाले सर्वसम्मत रुपमा स्वीकार गर्ने बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले १२ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको कर्णले जानकारी दिए ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसदमा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । तर, उसले अहिलेसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।