काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेशको सभापति बनेलगत्तै इन्द्रबहादुर बानियाँ कांग्रेस बागमतीको स्वरुप बदल्नतर्फ लागिपरेका छन् । आफ्नो नियुक्तीपछि बानियाँले विशेषगरी संगठन विस्तारमा जोड दिएका छन् ।


ADVERTISEMENT


उनले आफ्नो गृहजिल्ला मात्रै नभई प्रदेशभरिकै कांग्रेसको संगठनमा जोड दिएका हुन् । जसकारण पनि बागमति प्रदेशमा कांग्रेस दलको संख्या बढ्दो देखिएको छ ।


ADVERTISEMENT

# # #


राजनीतिसंगै समाज सेवा पनि अघि बढाएका बाँनियाकै नेतृत्वमा करिब दुई हप्ताको अवधिमा मात्रै कांग्रेस बागमती प्रदेश समितिले तीन जिल्लाका करिब १३ सय परिवार विपन्न चेपाङ, तामाङ, दलितलगायतलाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।

यससंगै मानवीय सेवालाई अभियानकै रूपमा सञ्चालन गर्ने क्रममा पार्टीले करिब दुई हप्ताअघि सिन्धुलीको कमलामाई र दुधौली नगरपालिकामा जंगली हात्तीपीडित एक सय ४० परिवारलाई नगद पाँच हजारसहित खाद्यान्न समेत सहयोग गरेको थियो ।

आफुले सकेसम्म जनताको दुःखमा साथ दिने सभापति बाँनियाले राजनीतिसंगै समाज सेवामा आफुलाई सक्रिय राख्ने बताएका छन् ।