काठमाडौँ– नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने सहमति भएको छ ।


ADVERTISEMENT


बिहिवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र भारतीय ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्तामा समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल गरिएको हो । सो अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याउँदै दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्नेमा जोड दिएकी छन् ।


ADVERTISEMENT

# # #


यस्तै, भारतका तर्फबाट ऊर्जा सचिव आलोक कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ऊर्जा व्यापारका लागि सहज बतावरण बनाउन आफूहरु सकारात्मक रहेको बताउँदै उनले भने, ‘भारत, बङ्गलादेशसँग व्यापार अनुमति दिनका लागि हामी सकारात्मक छौँ ।’

बैठकमा ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङसहितका अधिकारीको सहभागीता थियो भने भारतका तर्फबाट सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतका अधिकारी एवं नेपालस्थित भारतीय राजदूतावासका उच्च अधिकारीको सहभागिता थियो ।

ऊर्जा क्षेत्र सहयोगसम्बन्धी संयुक्त कार्यदलको हिजो बसेको नवौं बैठकले पनि दुवै पक्षले संयुक्त रुपमा ऊर्जा क्षेत्रमा व्यापक सहकार्य गर्ने बताएको छ । सो बैठकअघि भारतीय ऊर्जामन्त्री आलोकले प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि शिष्टाचार भेट गरेका थिए ।