काठमाडौँ – कांग्रेसका महामन्त्री गगनकुमार थापाले छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले एमसिसीलगायतका विषयमा खुला छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिएको बताएका छन् ।


ADVERTISEMENT


सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का अन्य शीर्षनेताहरू छलफलपछि बोल्दै उनले एमसीसी देशको बिषय भएको भन्दै यसलाई समर्थन गर्न र सदनलाई सुचारु गर्न एमालेसंग आग्रह गरिएको बताए । उनले एमसीसी प्रकरणमा पाँच दलीय गठबन्धनको औचित्य सकिएको तर्क गरे ।


ADVERTISEMENT

# # #


दलीय सहमतिका लागि गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच पुनः छलफल हुने नेता थापाले जानकारी दिए । बिहीबार १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगन भए पनि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् ।