काठमाण्डौं-नेकपा माओवादी (विप्लव) समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले हिजो विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रबहादुर बस्नेतका अनुसार वुद्धशान्ति गाउँपालिका– २ स्थित लकान्द्रीको घरमा छापा मार्दा तार जोडिएको अवस्थामा एक थान र बारुद भरिएको अवस्थामा चार थान डेटोनेटर बरामद गरिएको थियो ।


ADVERTISEMENT

# # #


लकान्द्रीसँगै सो समूहका नौ जना यसअघि नै पक्राउ परेका र उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।