काठमाडौं – युक्रेनको सेनाले आइतबार रुसको सेनासँग जारी भिडन्तकोबारे जानकारी साझा गरेको छ । फेसबुकमा युक्रेनको सशस्त्र बलका जनरल स्टाफले आइतबारलाई एक कठिन दिन करार दिएका छन् । उनले भनेका छन्, ‘यो एकदमै कठिन दिन थियो । रुसका सैनिक लगभग सबै दिशाबाट हमला गरिरहेका छन् । उनीहरू हर दिशाबाट गोला–बारुद बर्साइरहेका छन् ।’


ADVERTISEMENT


ताजा रिपोर्टका अनुसार रुसी सैनिकले दक्षिणी बन्दरगाह बर्दियांस्कमा कब्जा गरेको छ । यद्यपि यसअघि उत्तर पूर्वी खारकीएभ शहरको क्षेत्रीय प्रशासनिक प्रमुखले स्थानीय सेनाले रुसका सैनिक विरुद्ध सडकमा लडेपछि शहरमा पुनः नियन्त्रण बनाउन सफल भएका छन् । खारकीएव युक्रेनको दोस्रो ठूलो शहर हो र यहाँ युक्रेनको सेनालाई प्राप्त सानो सफलता हो । युक्रेनका उपरक्षामन्त्रीले अहिलेसम्म युद्धमा ४३ सय रुसी सेनाको मृत्यु भइसकेको दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


उता रुसको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जेनरल आईगोर कोनासेन्कोभ रुसको तर्फ हताहती भएको स्वीकार गरे पनि संख्या खुलाएनन् । युक्रेनमा सैन्य कारबाही सुरु भइसकेपछि हालसम्म रुसी सेनाले २५४ ट्यांक र अन्य बख्तरबन्द गाडी, जमिनमा रहेका ३१ विमान, ४६ वटा रकेट लञ्चर सिस्टम र १०३ वटा आर्टिलरी र मोर्टार ध्वस्त बनाएको उनले जानकारी दिएका छन् ।