काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयापुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० रुपैयामा कारोबार भएको थियोे ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैया तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला ९६ हजार १०० रुपैया थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाले बढेर एक हजार ३४० रुपैया पुगेको महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०७ डलर आसपास कारोबार भइरहेको छ । रासस