काठमाडौँ– आइतबार प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित भएको छ । सत्ता गठबन्धनको १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित प्रतिनिधिसभाको दोस्रो बैठकले नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको हो ।


ADVERTISEMENT


अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको व्याख्यात्मक घोषणासहितको प्रस्तावलाई ध्वनिमतले पारित गरिएको थियो । उक्त सम्झौतामा अमेरीकामार्फत नेपालले ५० करोड डलर अनुदान प्राप्त गर्ने र सँगै त्यसमा नेपालले पनि थप १३ करोड डलर लगानी थप्नुपर्ने शर्त राखिएको छ ।


ADVERTISEMENT

# # #


एमसीसीबाट प्राप्त सो अनुदान नेपालको ऊर्जा एवम् यातायातको विकासमा सम्झौतामा खर्चिने उल्लेख छ।

एमसीसी सम्झौताको पूर्णपाठ