काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ ।


ADVERTISEMENT


एमालेले एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमसिसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै विदेशी सहायताको सम्झौता गर्नु अगाडि यथेष्ट ध्यान दिनुपर्नेमा सम्झौता नै गरिसकेपछि यसको कार्यान्वयनमा लाग्नुपर्ने बताएको हो।


ADVERTISEMENT

# # #


सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसीलाई विकास परियोजनाका रुपमा लिनुपर्ने बताउँदै यसमा मतभेद, द्वन्द्व सृजना गरेर राजनीति नगर्न आग्रह गरेका छन् । एमसिसीको विरुद्धमा सडकमा कार्यकर्ता ओरालेर आन्दोलन गराउनु गलत भएको उनको तर्क छ ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले तत्काल ताजा जनादेशका लागि सरकार जानुपर्ने बताउँदै लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस र एमालेबीच छलफल भएको बताए । यस्तै, लोकतन्त्रका लागि लड्दै आएको नेपाली कांग्रेस र एमालेबीच सहकार्य समेत हुनुपर्ने उनको धारणा छ ।

यसैबीच एमसिसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरणसमेत नबनाई एमालेलाई पाखा लगाउने काम भएको उनको आरोप छ । अध्यक्ष ओलीले प्रतिनिधिसभामा प्रस्तुत गरिएको एमसिसीको व्याख्यात्मक टिप्पणी भ्रमको खेती भएको आरोप लगाउनुभयो ।

एमसिसी सम्झौता इन्डो प्यासिफिक रणनीति (आइपिएस)को अङ्ग हो भनेर हल्ला चलाइएको तथा आफ्नो सरकारले संसद्मा पेस गरेर गल्ती गर्‍यो भनिएको प्रसंग उल्लेख गर्दै उहाँले तत्कालिन मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर यसलाई आइपिएसको अङ्ग बनाइयो भनेरसमेत हल्ला चलाइएको उनले जनाए ।

अध्यक्ष ओलीले भने, ‘अमेरिका भनिरहेको छ आइपिएसको अङ्ग होइन । अहिले उहाँहरु पनि भन्नुहुन्छ आइपिएसको अङ्ग होइन । व्याख्यात्मक घोषणामा पनि उनीहरुले होइन भनेका छन् । अनि ज्ञवालीले आइपिएसको अङ्ग बनाएको भनेर कोलाहल किन गरेको ?