काठमाडौँ– भारत सरकारको आर्थिक सहकार्यमा निर्मित धनगढीस्थित बनेको नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन सम्पन्न भएको छ ।


ADVERTISEMENT


 

बुधवार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशी एवम् भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमारले संयुक्त रुपमा सो भवनको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


 

नव उद्घाटित उक्त भवन भारत स्वतन्त्र भएको ७५ वर्षको उपलक्ष्यमा अघि सारिएको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक रहेको जनाइएको छ ।

 

४ करोड २२ लाख ६० हजारमा पुननिर्माण गरिएको सो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।