काठमाडौँ – न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्युनतम तलववृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८ सरकारलाई बुझाएको छ ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा समितिका अध्यक्ष राजेन्द्र अर्यालले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रतिवेदन बुझाउदै राष्ट्रिय मिडियाका लागि श्रमजिवी पत्रकारको न्युनतम तलवमापन वृद्धि गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको न्युनतम पारिश्रमिक २५ प्रतिशतका दरले वृद्धिका लागि सिफारिस गरिएको छ । हाल न्युनतम तलव २४ हजार ३ सय ७५ रहेकोमा अव ३० हजार ४ सय ६८ रुपैया बनाउन सिफारिस गरिएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै स्ट्रिन्जरको सवालमा राष्ट्रिय मिडिया र प्रादेशिक मिडियामा कार्यरत पत्रकार, कर्मचारी र कामदारका लागि २५ प्रतिशत र दुगर्म क्षेत्रका स्ट्रिन्जरलाई थप २० प्रतिशत वृद्धिको सिफारिस गरिएको छ । त्यसैगरि समितिले सवै सञ्चारमाध्यमको बर्गीकरण गरि वर्गीकरणका आधारमा न्यूनतम पारिश्रमिक तोक्न र कार्यान्वयन गर्न पनि सिफारिस गरेको छ । प्रतिवेदन बुझ्दै सञ्चार मन्त्री कार्कीले समितिको प्रतिवेदनको अध्ययन गर्ने र सरकारले आवश्यक निर्णय गर्ने बताए ।

त्यस्तै समितिलाई साधन स्रोत सम्पन्न बनाई कार्याधिकार क्षेत्र बढाउनुका साथै समितिको नाम परिवर्तन गरि पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरेको छ ।