दाङ– दाङलाई पश्चिम नेपालको केन्द्र वनाउनका आफु लागि परेको माओवादी केन्द्रका नेता कृष्णवहादुर महराले बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टस क्लव दाङले शुक्रवार गरेको ‘अन द स्पट साक्षात्कार कार्यक्रम’मा नेता महराले यस्तो बताएका हुन् । शुक्रबार रिपोर्टस क्लव दाङले घोराही १७ मागरेको सडक साक्षात्कारमा उपप्रधानमन्त्री समेत रहेका नेता महराले प्रदेश नं ५ को राजधानी दाङमै हुने प्रष्ट पारे । उनले दाङलाई पश्चिम नेपालकै केन्द्रका रुपमा बिकास गर्ने समेत बताए ।


ADVERTISEMENT

# # #


रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका दाङ निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका उमेद्वार कृष्णवहादुर महराले दाङलाई पर्यटनको हबको रुपमा बिकास गर्न रारा सम्म सडक बिस्तार गर्ने बताएका छन् । उनले भने ‘दाङलाई केन्द्र वनाएर चारै तिरवाट सडक सञ्जालले जोड्ने हो भने पश्चिम नेपालकै केन्द्र बन्छ ।’

दाङ हरेक हिसाबले सबल जिल्लाको रुपमा रहेको भन्दै उनले प्रदेशको राजधानी दाङमै हुने ठोकुवा गरे । उपप्रधानमन्त्री समेत रहेका महराले दाङको पत्रकारीता नेपालमै उत्कृष्ठ रहेको भन्दै यसलाई मर्यादित र व्यबसायीक बनाउनुपर्ने बताए । अहिले सम्म सवैले सञ्चार संस्थामै लगेर कार्यक्रम गरेको भन्दै रिपोर्टस् क्लबले सडकमै गएर कार्यक्रम गर्नु पृथक रहेको भन्दै प्रशांसा गरे ।

अन द स्पट भएको साक्षत्कार कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष के एल पिडित, नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य अजयदिप शर्मा, राससका राप्ति अञ्चल प्रतिनिधि नारायणि रजौरे लगाएतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिब बिमल गौतमले गरेका थिए ।