काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी सहायता परियोजना एमसीसी मुलुकका लागि निकै खतरनाक रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप भएको समेत बताए ।


ADVERTISEMENT

# # #


महासचिव विप्लवले एमसीसी कुनै पनि हालतमा लागू हुन नदिइने र खारेज गरेरै छाड्ने चेतावनी दिए । उनले आफूलाई प्रजातन्त्रवादी भन्नेहरु, अझ कम्युनिष्ट भन्नेहरु, हँसिया हतौडाको बिल्ला भिरेकाहरुले देशलाई घात गरेको बताए । विप्लवले कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेच्न खोजिरहेको आरोप पनि लगाए । कांग्रेसले गरेको राष्ट्रघाती कदमले जनतालाई आक्रोशित बनाएको भन्दै यसको जवाफ निर्वाचनमा पाउने बताए ।

त्यस्तै उनले एमसीसी जनताको अधिकारसँग जोडिएको विषय भएको भन्दै फागुन १५ गते कालो दिन भएको बताए ।