काठमाडौँ – साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई उडान अनुमति प्रदान गरेको छ ।


ADVERTISEMENT


साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ ।


ADVERTISEMENT

# # #


यसैबीच नेवानिले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।