रत्ननगर – पूर्वी चितवनको पदमपुरस्थित थाङ्खोला सामुदायिक वन क्षेत्रका महिला लोपोन्मुख पेशा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै आएका छन् ।


ADVERTISEMENT


उक्त वनका उपोभोक्ताले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्शीय सहकारी संस्थाले जिल्ला वन कार्यालयको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने तालिम प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


पेशा नहराओस् भनेर यसरी महिलालाई तालीम प्रदान गरिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए। वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सामुदायिक वनको हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सञ्चालन गरेको छ ।

हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा यहाँका ६५ महिलालाई हालै तालिम प्रदान गरिएको भट्टराईले बताए । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले महिलाद्वारा सञ्चालित यस सहकारीलाई आवश्यकपर्ने सबै खालको सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

जिल्ला वन अधिकृत केदार पौडेलले वरण्डाभार जैविक मार्गको संरक्षणका लागि तालीम महत्वपूर्ण हुने भन्दै यसमा आश्रित समुदायको आर्थिक विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । लाभान्वित समुदायले यस क्षेत्रको संरक्षण, चोरी शिकारी नियन्त्रण र जथाभावी चरिचरण नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले समुदायलाई लक्षित गरी यस्ता कार्यक्रम संरक्षण गरी आयआर्जनमा टेवा पुर्याउने भन्दै २२० महिलालाई यसअघि तालिम प्रदान गरिएको थियो ।

सो क्षेत्रमा सीप सिकेर धेरै महिलाले फुर्सदको समयमा चर्खाबाट मनग्य आम्दानी गर्दै आएका छन् । हराउँदै गएको यस पेशा चितवनको पूर्वीक्षेत्र पदमपुरमा भने कायमै छ । पछिलो समयमा यहाँका महिलाले गलँैंचा समेत बुन्न शुरु गरेका छन् । सामान्यतः एउटा गलैंँला बुनेको उनीहरुले रु सात हजार ज्याला पाउँछन् ।