श्याम ठाकुर, सिरहा– सिरहाको मिर्चैया नगरपालिका-५ मा बम विस्फोट भएको छ ।


ADVERTISEMENT


मिर्चैया प्रहरी चौकी नजिकै रहेको  माओवादी नेता प्रदीप शाहको घर नजिकै बम विस्फोट भएको हो । विस्फोटनबाट घरमा भने केही क्षति भएको छैन ।


ADVERTISEMENT

# # #


बम विस्फोट कसले गरायो भन्ने बारेमा एकिन नभएपनि विस्फोट स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा भेटिएको छ । घटनाको जिम्मेवारी जनतान्त्रिक तरार्इ मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

घटनास्थलमा जनतान्त्रिक तरार्इ मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जय कृष्ण गोइतले हस्ताक्षर गरेको पर्चाहरू भेटिएको छ ।

आज दिउँसो पौने ४ बजे ठूलो आवाज आउने गरी विस्फोट भएपछि प्रहरी र स्थानीय भेला भएका थिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।