काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।


ADVERTISEMENT


सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको मूल्य बढ्दै गएको हो।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्छ । मूल्य बढेको भन्दै नेपाल आयल निगमले थप इन्धन किन्न नसक्ने अवस्था आएको बताएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा सन् २०२१ मा प्रतिव्यारेल ७० डलर रहेको तेलको मूल्य अहिले झन्डै दोब्बर भएको छ । २०२० अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ४१ डलर थियो भने २०१९ मा ६४ डलर ।

गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएको हो । तीनवटा तेल उत्पादक गर्ने देशहरूमध्ये रुस एउटा मुख्य देश हो ।  कारोबार दैनिकमा समाचार छ ।