काठमाडौं – नेपाल खेलकुद महासंघ प्रदेश १ को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले  ६६ सदस्यीय कमिटीको गठन गरेको छ ।   नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री  केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता नेपाल खेलकुद महासंघ प्रदेश १ का संयोजक रोहित कोईरालाले गरेका थिए ।


ADVERTISEMENT


अतिथिहरुमा नेपाल खेलकुद महसंघका केन्द्रीय संयोजक युवा माझ लोकप्रिय पर्शुराम बस्नेत, नेकपा एमालेका उपाध्यक्ष विस्णु पौडेल नेकपा एमाले स्थायी कमिटी सदस्य पुर्व मन्त्री भानुभक्त ढकाल,स्थायी कमिटी सदस्य  हिक्मत कार्की, नेकपा एमाले प्रदेश १ ईन्चार्ज  देवराज घिमिरे ,नेपाल खेलकुद महासंघका ईन्चार्ज पुर्वमन्त्री  गोकुल बाँस्कोटा, नेकपा एमाले प्रदेश १ का सचिव  चिन्तन पाठक  लगायत नेताहरुको उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


अधिवेशनबाट नेपाल खेलकुद महासंघ प्रदेश नम्बर १ को अध्यक्षमा राज थापा, उपाध्यक्षमा भोगेन्द्र थापा, टीका सिवाकोटी, सचिवमा जितन थापा,सह सचिवमा सिताराम श्रेष्ठ, दिल कुमार सुनुवार,कोषाध्यक्षमा हेमन्त सुवेदी लगायत ६६ सदस्यीय कमिटीको गठन भएको छ ।

एमाले अध्यक्ष ओलीले नेपाल खेलकुद महासंघ प्रदेश १ मा अधिवेशन सम्पन्न गरेकोमा केन्द्रीय पदाधिकारी र  संयोजक बस्नेतलाई धन्यावाद दिँदै  नवगठित कमिटीको हौसला बढाए । यसैगरी केन्द्रीय संयोजक बस्नेतले कार्यक्रममा उपस्थित भएका सबै नेताहरु तथा नेपाल खेलकुद महासंघलाई माया गर्ने शुभेच्छुकहरुलाई धन्यवाद दिँदै   नवगठित कमिटीलाई  बधाई एवं सफल कार्यकालको शुभकामना दिए ।