चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा पुनः घरदैलो र चुनाव प्रचार सुरु गरेका छन्।


ADVERTISEMENT


पश्चिम चितवनको शिवनगरमा वाइसिएल नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं।–३ को संयुक्त भेलालाई आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विकास, समद्धि र समाजवादतर्फ लैजाने वाम गठबन्धनको सपनाको जग हाल्ने काम सुरु भएको बताए।


ADVERTISEMENT

# # #


उनले भने,‘हामीले समृद्ध र समाजवादतर्फ लैजाने प्रयास गरेका छौँ, वग हाल्ने काम सुरु भएको छ, अब घर बनाउने काम तपाईँ युवाहरुको हो।’

प्रचण्डले मान्छेलाई खरिद गरेर निष्ठा, आस्था नै परिर्वतन हुन्छ भन्ने कुरा कम्युनिष्ट आन्दोलनमा सुहाउने कुरा नभएको बताए। उनले भने,‘पैसाले मान्छे खरिद गरेर राजनीति गर्छु भन्ने गलत हो,फेरि पनि त्यही फोहरी खेलमा जाने हो भने कसरी समृद्ध समाजवादको विकास हुन्छ ? यसकारण कम्युनिष्ट आन्दोलनमा यो कुरा सुहाउँदैन।’

सत्तरी वर्षदेखि भूमरीमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको भन्दै प्रचण्डले अब कम्युनिष्टले नै देशको जिम्मा लिनुपर्ने बताए।