काठमाडौं – नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना शुरू गरेको छ । जस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड डिपोजिट) ग्राहकहरूलाई क्रेडिट कार्ड सुविधा प्रदान हुने बैंकले जनाएको छ ।


ADVERTISEMENT


नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाशप्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि शुरू गरिएको बैंकको भनाइ छ ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले ८ मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरूका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटीएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्ने छन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता वस्तुहरू खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिने छ ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावालरग्राहकहरूलाई आफ्ना नजिकका परिवारका सदस्यहरूका लागि समेत एक भन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्परसुबिधा प्रदान गरेको छ । यस योजना अन्तर्गत रू। २ लाख प्रतिकार्ड सीमा तोकिएको र मुद्दती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो मुद्दती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको वस्तुको मजा लिँदै मुद्दती निक्षेपमा ११.०३५ का दरले लोभलाग्दो ब्याज समेत आर्जन गर्न सक्ने छन् । यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउने छ भन्ने नबिल बैंकले विश्वास लिएको विज्ञप्तिमा जनाइएको छ ।