काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेट गरेकी छन् । राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन् ।


ADVERTISEMENT


भेटका क्रममा यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको संभावित नेपाल भ्रमणका बारेमा जानकारी गराएको स्रोतले बताएको छ ।


ADVERTISEMENT

# # #


राजदूत यान्छीले एमसीसी अनुमोदन भएपछि अब कसरी अगाडि बढ्छ भनेर अध्यक्ष दाहालसँग चासो राखेकी थिइन् । भेटका क्रममा आसन्न स्थानीय तहको निर्वाचन, नेपाल -चीन सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ ।

उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको स्रोतको दावी छ। पछिल्लो समय राजदूत यान्छीले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छन् ।

यस्तै ,आजै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डीबेरीले भेट गरेका थिए। उनीहरु बीच एमसीसी कार्यान्वयनको विषयमा छलफल भएको थियो।