काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा १० प्रतिशत छुट पाउने भएका छन् । ग्राहकले डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट पाउने भएका हुन् ।


ADVERTISEMENT


शुक्रबार बैंकका तर्फबाट चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र सोल्टी इन्टरप्राइजेजका निर्देशक दिनेश बहादुर विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरुको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न उक्त छुटको व्यवस्था गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका रुपमा एनआईसी एशियाले देशको सक्रिय जनसंख्याको करिब २५% जनतालाई आफ्नो सेवा हरु प्रदान गर्दै आएको छ ।