काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकालाई सुदृढ, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबैको सबै दल एकमत हुने दाबी गरेका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बडुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुने र यसमा सवै दलको एकमत हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए । त्यस्तै उनले महाअभियोग प्रस्तावलाई मतदान प्रक्रियामा नै नलैजाने भन्ने विषयमा आशंका नगर्न आग्रह गरे ।