वीरगञ्ज – समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो ।


ADVERTISEMENT


रेलवेले रेक नदिएपछि वीरगञ्जका व्यवसायीले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई गुहारेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले महावाणिज्य दूतावासलाई पत्र लेखेका हुन् ।


ADVERTISEMENT

# # #


उद्योगीले कोइला रोकिएकोबारे जानकारी गराएलगत्तै भारतीय रेलवेलाई आवश्यक संख्यामा रेक उपलब्ध गराउन पत्राचार गरिसकेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।

विगत १२ दिनदेखि रेलवेले हल्दिया बन्दरगाहमा रेक नदिएको कोइला आयातकर्तासमेत रहेका राजपालले जानकारी दिए । भारतमा विद्युत् उत्पादन गृहमा कोइला आपूर्तिको चाप बढेकाले नेपालका लागि रेक नदिएको भनाइ राजपालको छ ।  आर्थिक अभियान दैनिकमा समाचार छ ।