काठमाडौँ– प्रदेश र प्रतिनिधि सभा सदस्यको लागि आज ३२ जिल्लामा भइरहेको निर्वाचनका राष्ट्रपति विद्यादेवी भण्डारीले सपूर्ण नेपालीहरुलाई मतदातनमा सहभागी हुन आह्वान गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संघीय संरचना अनुसार हुन गइरहेको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा समेत उत्साह र उमङ्गकासाथ सहभागी भईसंविधानप्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई म अनुरोध गर्दछु ।’


ADVERTISEMENT

# # #


स्थानीय तहको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भईसकेको अवगत गराउँदै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि कुलूकमा राजनीति स्थायित्व र आर्थिक समृद्धिको ढोका खुल्न विश्वास व्यक्त गरेकी छन् ।

वारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित नेपालको संविधान को सफल कार्यान्वयनका लागि हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन म आह्वान गर्दछु ।’