काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा–सुविधा उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडौँको काँडाघारीमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ।


ADVERTISEMENT


थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका छन्। त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका छन्।


ADVERTISEMENT

# # #


उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो।

यसै उद्घाटन समारोहमा सञ्चालक श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्।