काठमाडौं – बीमा समितिको अध्यक्ष श्री सूर्य प्रसाद सिलवालले कम्पनीको अध्यक्ष  प्रेमा राज्य लक्ष्मी सिंहलाई आज एक कार्यक्रमको बीच “बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराए ।


ADVERTISEMENT


कम्पनीको मिति २०७८÷११÷२९ मा भएको ३३ औं वार्षिक साधारण सभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई  सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन् ।


ADVERTISEMENT

# # #


उक्त समारोहमा  बीमा समितिको अध्यक्षज्यूवाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष  सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे ।

सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा श्री बीमा समितिको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन् ।