काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको छ ।


ADVERTISEMENT


युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ थालेको युएई ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै बनायो । १६९ रनको सामान्य चुनौती पच्छ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।


ADVERTISEMENT

# # #


नेपालका लागि रोहिन पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले २८ रन बनाए । कुशल भर्तेल ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंक छुन सकेनन् । युएईका लागि बासिल हामिदले ४ तथा जुनैद सिद्धिकले ३ विकेट हात पारे । जाहुर खान र रोहन मुस्ताफाका नाममा १–१ विकेट रह्यो ।

यसअघि युएईका लागि रोहन मुस्ताफा र सीपी रिजवानले समान ४०–४० रन बनाए । त्यसक्रममा रोहनले ८१ बलमा २ चौका र १ छक्का तथा सीपी रिजवानले ८५ बल खेल्दा कुनै पनि बल बाउन्ड्री कटाउन सकेनन् ।

यस्तै मोहम्मद वासिम २१, काशिफ दाउद १८, बासिल हमिद १४ र कप्तान अहमद राजा १३ रनमा आउट भए ।

युएईलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ४ विकेट लिए भने करण केसीले ३ विकेट चट्काए । त्यसक्रममा सोमपालले ९ ओभरमा ३९ तथा करणले ७।३ ओभरमा एक मेडेन राख्दै मात्र १६ रन दिए ।

यस्तै सन्दीप लामिछाने, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।