काठमाडौँ– पहिलो चरण अन्तर्गत आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सोलुखुम्बुका तिङलावासीले बहिष्कार गरेका छन् ।


ADVERTISEMENT


राज्य पुनसंरचनाका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिेट’ अभियान अन्तर्गत मतदान बहिष्कार गरेका हुन्।


ADVERTISEMENT

# # #


२५ सय ७५ मतदाता रहेको गाउँका कसैले पनि मतदाता परिचयपत्र लिएका थिएनन् । तिङ्लाका कोही कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तिङ्लामा स्थानीय तहको चुनावमा एक मत पनि खसेको थिएन । उनीहरुले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेका छन्।