भद्रपुर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीच एकता कायम भए जस्तै समृद्धिको मुद्दामा साझा प्रतिबद्धता ल्याउन नसकेसम्म जनताका चाहना पूरा गर्न नसकिने बताएका छन् ।


ADVERTISEMENT


भद्रपुर जेसिजको आयोजनामा शनिबार झापा क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवारसँग गरिएको सार्वजनिक प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आन्दोलन गर्ने नेतृत्वले देश बनाउने शील्पकला प्रस्तुत गर्न नसक्दा व्यवस्था परिवर्तन भए पनि शासकीय शैली परम्परागत हुँदा राजनीतिप्रति जनतामा निरासा छाएको भन्दै राजनीतिमा कुशल कालीगढी मस्तिष्कको खोजी गर्नुपर्ने दिन आइसकेको कुरामा जोड दिए ।


ADVERTISEMENT

# # #


सहभागीले हात्ती समस्याले पीडित भएको गुनासो राखेपछि शर्माले उत्तरी झापाको हात्ती समस्या हल गर्न सहयोगी भूमिका खेलेको स्मरण गर्दै चन्द्रगढीलगायत दक्षिणी झापाको हात्ती समस्या हल गर्न प्रतिबद्ध भएर लाग्ने वचन दिए ।

भद्रपुर जेसिजका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा क्षेत्र नं १ का प्रत्याशी सातजना उम्मेदवारलाई बोलाइएको भए पनि नेपाली काँग्रेस बाहेकका अन्य उम्मेदवारको उपस्थिति नहुँदा स्थानीय मतदाताले आश्चर्य व्यक्त गरेका थिए ।