काठमाडौं – शुक्रबार रुसले युक्रेनको पश्चिमी क्षेत्रमा रहेको सहर लभिभमथि पहिलोपटक आक्रमण गर्‍यो । शुक्रबार बिहानैदेखि लभिभमा विष्फोटका आवाज सुनिएको थियो । त्यस्तै लभिभको आकाशमा पनि धुवाँको मुस्लो उडेको देखिएको थियो।


ADVERTISEMENT


लभिभका मेयरका अनुसार रुसको मिसाइल हवाई विमान मर्मत केन्द्रमा खसेको थियो। यद्यपि उक्त केन्द्रको काम बन्द रहेकाले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ।


ADVERTISEMENT

# # #


युक्रेनको सेनाले शुक्रबार ६ वटा क्रुज मिसाइल रुसले काला सागरबाट प्रहार गरेको र त्यसमध्ये दुईवटा खसालिएको बताएको छ ।

रुसको आक्रमण निरन्तर अमेरिकी सैन्य गठबन्धन नेटोमा आबद्ध मुलुकको सीमानजिकै गएसँगै पश्चिमा मुलुकले चिन्ता व्यक्त गरेका छन्। शुक्रबार रुसले आक्रमण गरेको सहर पोल्याण्डको सीमाबाट ७० किलोमिटर टाढा पर्छ ।

बेलायती सशस्त्र बल मन्त्री जेम्स हेप्पीले लभिभमा भएको आक्रमण चिन्ताको विषय भएको उल्लेख गरेका छन् । उनले भने, ‘युद्धमा आपूर्तिको प्रमुख क्षेत्रमा आक्रमण हुन्छ र त्यसमा अवरोध पुर्‍याउने प्रयास हुन्छ । यद्यपि वास्तविकता यो हो कि यसले युक्रेनको पश्चिम क्षेत्रमा रहेका मानिसको समस्या बढाउनेछ।’

रोयल युनाइटेड सर्भिस इन्स्टिच्युट थिंक ट्यांकका पूर्व निर्देशक प्रोफेसर माइकल क्लार्क भन्छन्, ‘पोल्याण्डको सीमाभन्दा केवल ७० किलोमिटर टाढा रहेको सहरमा आक्रमण गर्नु पश्चिमा मुलुकलाई युक्रेनका मानिसको सहयोग नगर्न चेतावनी दिने प्रयास हो ।’

रुसले युक्रेनमाथि दबाब बढाउन योजनाबद्ध तरिकाले आक्रमण गरिरहेको उनको भनाइ छ ।