डोल्पा–पहिलो चरणको निर्वाचन अन्तरगत हिमाली जिल्ला डोल्पाका ५२ मतदान केन्द्रमा मतदान सुरु भएपनि १४ मतदान केन्द्रहरुमा अझै मतदान सुरु हुन सकेको छैन । अत्यधिक जाडो र भौगोलिक बिकटताका कारण उपल्लो डोल्पाका छार्काताँङसोङ,डोल्पो बुद्द र शे फोक्सुण्डो गाउँपालिका,डोल्पो बुद्ध गाँउपालिका रहेका १४ मतदान केन्द्रममा बिहान १० बजेसम्म मतदान प्रक्रिया सुरुहुन नसकेको हो ।


ADVERTISEMENT


निर्वाचन कार्यतालिका अनुसार बिहान ७ बजेबाट मतदान सुरु हुने भनिएपनि कतै जाडो त कतै राजनीतिक दलका एजेन्टको अनुपस्थितका कारण ७।३० बाट मात्र मतदान सुरु भएको छ । उपल्लो डोल्पाका २२ वटै मतदान केन्द्रहरुमा संचारको पहुँच नभएका कारण सहजरुपमा त्यसबारे जानकारी हुन नसकेको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन अधिकारी बिक्रम गिरीका अनुसार सबै ठाउँमा शान्तिपुर्णरुपमा मतदान भइरहेको खबर आइरहेको र अहिलेसम्म ५२ मतदान केन्द्रमा मात्र मतदान सुरु हो ।

बिहान ढिला गरि सुरु भएको त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतको प्रकाश निमाबि रंग मतदान केन्द्रमा एजेन्टबीच बिवाद हुँदा मतदान स्थगित भएपनि केही समयमै सुरु भएको छ । १८ हजार ९ सय ८९ मतदता रहेको डोल्पामा बिहानै देखि मतदाताहरु मतदान गर्न कठाङग्रिदो जाडोको समेत प्रवाह नगरि लामबद्द भएका छन ।

जीवनको पहिलो पटक एतिहासिक रुपमा हुन गइरहेको निर्वाचनमा आफुहरु मतदान गर्न आएको त्रिपुरासुन्दरी नगरपालिका १ का ७९ वषीय कर्ण सार्कीले बताए । त्रिपुरासुन्दरी नगरपालिकाको धर्मशालाचौरमा भएको मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य सहभागिता रहेको छ ।

हिमाली जिल्ला डोल्पामा प्रदेश क्षेत्र नं १९क० मा ८ हजार २ सय ५० र प्रदेश नं २ (ख)मा १० हजार ७ सय ३९ मतदाताहरु रहेका छन ।