काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेका दुईजना मन्त्रीले पार्टी छाड्ने चर्चा भ्रम मात्रै भएको बताएका छन् ।


ADVERTISEMENT


केही समययता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेकपा (एमाले)मा फर्किने चर्चा चल्दै आएको छ ।


ADVERTISEMENT

# # #


नेकपा (एकीकृत समाजवादी) तनहुँले शनिबार आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् । पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले आफ्नो जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताए ।

उनले पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउने एक मात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँगाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे ।