काठमाडौं – भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन् ।


ADVERTISEMENT


उनले सनराइज बैङ्कबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरूप स्याण्ट्रो जित्न सफल भएका हुन् । उनलाई फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा र बैङ्कका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे । फोनपेले अघिल्लो वर्ष पनि यस्तै योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जर अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका थिए ।


ADVERTISEMENT

# # #


यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन् । यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सकिन्थ्यो ।

फोनपे मार्फत रु १० मा कुनै पनि व्यक्तिको मोबाइल नम्बर उल्लेख गरी रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैङ्क तथा वित्तीय संस्थाका मोबाइल एप्स्मा गई सेण्ड मनि गरी फोनपे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ।