काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।


ADVERTISEMENT


नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन् ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।