रसुवा– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो चरणमा आज भइरहेको निर्वाचनमा रसुवामा बिहान ११ ३० बजेसम्म २० प्रतिशत मतदान भएको छ ।


ADVERTISEMENT


मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्म जिल्लाका ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । सुरक्षास्थिति अत्यन्तै मजबुद भएका कारण भयहित वातावरणमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको प्रजिअ चोपेन्द्र न्यौपानेले बताए ।


ADVERTISEMENT

# # #