चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँदरझुलाका सुकुम्बासीलाई रोजगारीको सुनिश्चितता नभएसम्म बस्ती स्थान्तरण नहुने बताएका छन्


ADVERTISEMENT


माडीको बाँदरझुलामा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता दाहालले यसअघि आफू प्रधानमन्त्री भएका बेला बस्तीलाई निकुञ्जले हटाउन सुरु गरे पनि आफूले त्यो कामलाई ठाडो निर्देशनबाट रोकेको बताए । उनले भने “यहाँबाट मलाई फोन गयो । हात्ती लगाएर घर भत्काइँदै छ भनेर । निकुञ्जबाट निर्णय भएपछि घर भत्काउन, बाली नष्ट गर्न लागिएको थियो तर मैले त्यसो गर्न दिइन ।”


ADVERTISEMENT

# # #


उनले बस्ती स्थानान्तरणका लागि कम्तीमा पाँच कठ्ठाका दरले जग्गा आवश्यक पर्ने तथा शिक्षा, स्वास्थ्य तथा रोजगारीको सुनिश्चितता नभएसम्म बस्ती स्थान्तरण गर्न नहुने बताए । सात धुरका दरले जग्गा दिएर यहाँबाट स्थान्तरण गर्न खोजिएको छ भन्दै अध्यक्ष दाहालले भने, “त्यो तपाईंहरुको लागि पर्याप्त छैन । कम्तीमा पनि पाँच कठ्ठा जग्गा चाहिन्छ ।”

वाम गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार दाहालले वाम गठबन्धनको बहुमत आएपछि स्थिर सरकार निर्माण हुने जिकिर गर्दै त्यसपछि सुकुम्बासी समस्याको समाधान गर्न पहिलो मन्त्रिपरिषद् बैठकबाट पारित गराउने प्रतिबद्धता व्यक्त गरे।

जंगलको बिच भागमा बस्ती रहेकाले वन्यजन्तु, बाढी, शिक्षा, स्वास्थ्यलगायतको समस्या रहेको सो स्थनामा उपयुक्त विकल्प पाए बस्तीलाई स्थान्तरण प्रक्रिया सुरु गरिने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको भूभागमा बाँदरझुला बस्ती छ । निकुञ्जको ७०० सय हेक्टर क्षेत्रफलमा पाँच सय भन्दा बढी घरपरिवार बसोवास गर्दै आएका छन् । रासस