काठमाडौँ– देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टील्सले तेस्रो देशमा समेत स्वदेशी उत्पादनको निर्यात थालेको छ ।
नेपालको औद्योगिक इतिहासमै कम्पनीले पहिलो पटक स्टील्सका जगदम्बा सुपर शाइन र ग्याल्भालगायतका उत्पादनहरु तेस्रो देश निर्यात गर्न थालेको हो ।
कम्पनीका अनुसार उक्त उत्पादनहरु रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।
जगदम्बा स्टील्सले केही समय अगाडी मात्रै ‘सीआर सिट एंड कोइल्स’ हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।
नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका उत्पादनहरुको लोकप्रियता तथा माग विदेशमा पछिल्लो समय चुलिने क्रममा छ ।