काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । सोमबार एक कार्यक्रमकाबीच मानन्धरलाई एमाले अध्यक्ष केपी शर्माओलीले पार्टी प्रवेश गराएका हुन् ।


ADVERTISEMENT


प्रवेशपछि बोल्दै करिश्माले आफू मुलुकको परिवर्तन र समृद्धिको लागि काम गर्ने उद्देश्यका साथ एमाले प्रवेश नगरेको बताइन् । उनले भनिन्, ‘आजबाट मैँले नेकपा एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु । मुलुकको परिवर्तनको लागि, मुलुकको समृद्धिको लागि काम गर्ने अठोट लिएर आज म यो मञ्चमा खडा छु ।’


ADVERTISEMENT

# # #


करिश्माले आफू एमाले प्रवेश गर्नुको कारण मध्येको एक अध्यक्ष केपी शर्माओली नै भएको बताइन् । ‘एमाले नै किन भनेर सोध्दा मैँले दुई तीनवटा उत्तर पाएँ । पहिलो त अध्यक्ष केपी ओली, नेता भनेको जनताको पथप्रदर्शक हो । जनतालाई भिजन देखाउने मानिस हो, जनताको अगुवा हो । जनताको अविष्य सुनिश्चित गर्ने पात्र हो । त्यो म केपी ओलीजीमा पाउँछु । उहाँको प्रतिवद्धता, क्षमता, कुशलता र सबैभन्दा बढी उर्जाबाट म प्रधावित भएकी छु ।’

शोसित, उत्पीडित वर्गको उत्थानका लागि र विशेष गरी महिलाई माथि उठाउनका लागि एमालेले गरेको कामबाट आफू प्रभावित भएको उनले बताइन् । करिश्माले आफू कुनै सौदाबाजी गर्नका लागि एमाले प्रवेश नगरेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘एमालेसँग आवद्ध साथीहरुलाई म भन्न चाहन्छु, म कुनै सौदाबाजी गर्न एमाले प्रवेश गरेकी होइन । मेरो कुनै ठोस माग वा आग्रह पनि छैन । म एउटा नितान्त एमालेको कार्यकर्ता भएर जोडिन आइपुगेको छु ।’ यद्दपी उनले पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर जिम्मेवारी दिए त्यसबाट पछाडि नहट्ने बताइन् ।

उनले अगाडिका दिनहरु सुनौलो हुने विश्वास व्यक्त गरिन् ।