काठमाडौँ– अभिनेता पल शाहविरुद्व जिल्ला अदालत, तनहुँमा पनि मुद्दा दर्ता भएको छ । एक किशोरीले दिएको बयानका आधारमा शाहविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।


ADVERTISEMENT


नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग अनुसन्धानमा रहेका नायक शाहविरुद्धको अनुसन्धान सोमबार मात्रै सकिएको हो । गत फागुन १५ मा समातिएका उनीविरुद्व नवलपरासी पूर्वमा यसअघि नै मुद्दा दायर भइसकेको छ । प्रहरीका अनुसार, नवलपुरस्थित एक रिसोर्टमा एक वर्षअघि भएको बलात्कारको मुद्दा दायर गर्ने हदम्याद सकिनै लागेकाले नवलपुरले छिटो मुद्दा दायर गरेको हो ।


ADVERTISEMENT

# # #


शाहविरुद्व विभिन्न प्रलोभन देखाएर विगत एक वर्षदेखि एक नाबालिगमाथि पटक–पटक करणी गर्दै आएको आरोप छ । यदि उनीमाथि लगाइएको सो अभियोग पुष्टि भएमा नेपालको कानुन अनुसार, उनलाई १० देखि १२ वर्षसम्मका लागि कैद सजाय हुनेछ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धी कसुरअन्तर्गत धारा २१९ को उपधारा ३(घ) बमोजिम १६ वर्षदेखि १८ वर्षभन्दा कम उमेरकी महिलासंग सहमतिमै यौन सम्बन्ध स्थापित भएपनि त्यसलाई करणीको रुपमा उल्लेख गरिएको छ । र, सो अपराध गर्नेलाई १० वर्षदेखि १२ वर्षसम्म कैद हुने उल्लेख छ ।