खलङ्गा– सीप र आर्थिक अभावका कारण बेरोजगार भइरहेका जुम्लाका तिला गाउँपालिकाका महिलाहरू पछिल्लो समय उत्साहित देखिएका छन् ।


ADVERTISEMENT


इच्छाशक्ति भए पनि आर्थिक अभावका कारण परिवार चलाउन धौ–धौ भएका यहाँका महिलालाई गाउँपालिकाले स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम दिएपछि उनीहरु उत्साहित देखिएका हुन् ।


ADVERTISEMENT

# # #


तिला गाउँपालिका–२ का मेचीनगर १३ तारा परियारले अब यो सीपलाई दीर्घकालीन बनाउने सोच बनाएको बताए । ‘अहिले गाउँमै सिलाइकटाइको काम गर्दै आएको छु’, उनले भनिन्, ‘गाउँपालिकाबाट प्राप्त सिलाइकटाइ तालिमले अहिले स्वरोजगार बनाएको छ । अब यसलाई व्यावसायिक रुपमा आगाडि बढाउने योजनामा लागेको छु ।’

सिलाइकटाइले आफूलाई गाउँमै आर्थिकरुपमा आत्मनिर्भर बनाएको उनको भनाइ छ । तालिम लिएपछि अहिले दौरा, सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउज र बालबालिकाका कपडा सिलाउने गरेको उनले बताइन्। सिलाइकटाइ सम्बन्धी थप पुर्नताजगी तालिम लिने गरेको उनले गाउँमै नयाँनयाँ डिजाइनका कपडा सिलाएर पनि राम्रो आम्दानी गर्न सफल भएको सुनाइन् ।

‘राम्रो आम्दानी हुने भएपछि यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य लिएका छौं’, ताराले भनिन्, ‘गाउँमा अहिले सिलाइकटाइको राम्रो व्यपार छ, राम्रो डिजाइनमा लुगा सिलाउन सके सिलाइकटाइबाट स्वरोजगार बन्न सकिन्छ ।’

आर्थिक अवस्था न्यून भएका कारण तनावमा रहेका यहाँका महिलालाई गाउँपालिकाले तालिम दिएर दक्ष बनाउने प्रयास गरेकोमा उनीहरु हर्षित देखिएको छ । आकर्षक डिजाइनको कपडा सिलाउनका लागि सिलाइकटाइ तालिम लिएको तिला–१ राराका सपुरा परियारले बताइन्। गाउँमै सेवा दिएर आम्दानी गर्न सिलाइकटाइ तालिम लिएको उनीहरु बताउँछन् ।

सीपले जीविकोपार्जनमा सहच गर्ने भएकाले गाउँपालिकाले प्रत्यक्षरुपमा राहत पुग्ने कार्यक्रमलाई जोड दिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाको भनाई छ । यहाँका महिलादेखि युवालाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिमको खाँचो रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए । रासस