काठमाडौँ– पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३२ जिल्लामा आज भएको निर्वाचनमा दिउँसो ३ बजेसम्ममा औसतमा ५५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


आयोगका अनुसार हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी ७० प्रतिशत मतदान भइसकेको छ। त्यस्तै मनाङमा ५५ प्रतिशत मतदान भन्दा बढी मत खसेको छ ।


ADVERTISEMENT

# # #


हिमाली क्षेत्रमा अपेक्षाकृत कम मत खसेको आयोगको भनाइ छ। प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रहरुमा मतदान सुरू भएको छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ ।

पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।