काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला  एक लाख ३०० रुपैयाँ तोकिएको छ । अघिल्लोदिन प्रतितोला  ९९ हजार २०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला  एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९९ हजार ८०० रुपैयाँ छ ।


ADVERTISEMENT

# # #


यसको मूल्य बुधबार प्रतितोला रु ९८ हजार ७०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर  एक हजार ३७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।